अदालतको आदेश पछि टिकटक बन्द

0
67

काठमाडौं – चर्चित सामाजिक संजाल टिकटक भारतमा प्रतिबन्ध गरिएको छ । भारत सरकारलाई मद्रास उच्च अदालतले टिकटक बन्द गर्ने आदेश दिएको थियो । सोहि अनरुप भारतमा आजबाट टिकटक बन्द गरिएको छ ।

अदालतको आदेशलाई पालना गर्दै गुगलले पनि टिकटकलाई बन्देज गरेको छ । भारतमा गएरातिबाट नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको छ । एप्पलको प्लेटफर्ममा भने रातिसम्म सो एप्स उपलब्ध रहेको बताइएको छ । अहिले भारतमा टिकटक डाउनलोड गर्न मिल्दैन भने पहिलै डाउनलोड भएका एप्स पनि चलेका छैनन् । मद्रास उच्च अदालतले सञ्चार माध्यमहरुलाई पनि टिकटक भिडियो प्रशारण नगर्न आदेश दिएको छ ।

अदालतले टिकटकका माध्यमबाट अश्लिलताले प्रसय पाएको र यसले बालबालिकामा नराम्रो असर पारेको निष्कर्ष निकाल्दै बन्द गर्ने आदेश दिएको हो । टिकटक एक चाइनिज एप्स हो जहाँ १५ सेकेन्ड सम्मका भिडियो बनाउन सकिन्छ । भारतमा १० करोड भन्दा बढी यसमा प्रयोगकर्ताहरु रहेका छन । टिकटक इन्डोनेसिया र बंगलादेशमा पहिलेबाटै बन्द गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here