अनलाइनमा समस्या आउँदा नेप्सेको कारोबार प्रभावित, सूचक ६.८३ अंले घट्यो

0
10

प्रकाशित मिति : Mar 19, 2019

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जको अनलाइनमा समस्या आउँदा नेप्सेको कारोबार रकम प्रभावित बनेको छ । नेप्से सूचक मंगलबार ६.८३ अंकले घटेर ११४७.१५ विन्दुमा आइपुगेको हो । समग्रमा बजार ०.५९५ ले घटेको हो । १५८ कम्पनीको १४ करोड ८३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

मंगलबार अनलाइन प्रणालीको टीएमएसमा केही बेर सामान्य समस्या हुँदा कारोबार रकम प्रभावित भएको ब्रोकरहरुको भनाई छ । यस दिन ५ लाख ३४ हजार ९९५ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ११ वटा कम्पनीको सेयर कारोबार भएकामा १० वटा समूहको सूचक तल झरेका छन् भने होटेल समूहको सूचकमा कुनै पनि परिवर्तन छैन ।

कारोबार रकममा नागरिक लगानी कोषको अग्रता छ । कोषको २ करोड ३५ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः गुराँस लाइफ इन्सुरेन्स र ग्लोबल आइएमईको संस्थापक सेयर परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here