अपडेट-२ जनाको ज्यान जाने गरी कानेपोखरीमा भएको दुर्घटनामा गौरादहका धेरै घाइते

      २०७५ चैत्र ९, शनिबार गते प्रकासित

मोरङ/मोरङको कानेपोखरी गाँउपालिका वडा नम्वर ७ स्थिति पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पश्चिम वाट पूर्व आउँदै गरको ना.३.ख.६९१८ नम्वरको कन्टेनरलाई सोही दिशा बाट आएको बा. ११. च. ७९४८ नम्वरको टाटा सुमोले ठक्कर दिदा सुमोमा सवार झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नम्वर ४ वस्ने वर्ष ४७ का राम कुमार अछामीको घट्ना स्थालमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय पथरीले जनाएको छ ।

 

दुर्घटनामा भएका घाईतेहरुलाई तत्काल उद्धार गरि पथरीको पथरी अस्पतालमा लगिएको थियो त्याहा उपचार सम्भव नभए पछि थप उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा रिफर गरिएको प्रहरीले वताएको छ । रिफर गरिएका मध्ये झापा गौरादह नगरपालिका वस्ने वर्ष ४५ का प्रकाश मगरको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै दुर्घटनामा गम्भिर घाईते हुनेहरुमा झापा जिल्ला गौरादह नगरपालिका वस्ने वर्ष १४ की प्रविका मगर,सोही नगरपालिका वस्ने वर्ष ५५ की दुर्गा मगर रहेका छन् ।
भने सामान्य घाईते हरुमा गौरादह नगपालिका वस्ने वर्ष ४५ का योगेश न्यौपाने,सोही पालिका वस्ने वर्ष ३८ की बविता मगर, पाँचथर जिल्ला मिक्लाजुङ गाँउपालिका ५ वस्ने वर्ष ४० का हरी प्रसाद नेम्वाङ झापा जिल्ला दमक नगरपालिका वडा नम्वर २ वस्ने सुमो चालक वर्ष ३७ का कुल वहादुर रेग्मी र जिल्ला काभ्रे वस्ने रमेश तामाङ रहेका छन् । उनिहरुको उपचार विराटनगरको न्युरो अस्पतालमा भईरहेको छ ।

सुमो मा सवार ९ जना मध्ये १ को घटना स्थलमा १ को उपचारका क्रममा मृत्यु भएको हो भने २ गम्भिर घाईते र अन्य ५ जनाको अवस्था सामान्य रहेको र कन्टेनर चालक जिल्ला चितवन राप्ती नगरपालिका २ वस्ने वर्ष ४८ का लक्ष्मण अधिकारी, सुमो र कन्टेनरलाई नियन्त्रणमा लिएको ईलाका प्रमुख कमल वजगाईले वताए । घट्ना विहान करिव ४ वजेको समयमा भएको हो । घटना स्थल ईलाका प्रहरी कार्यालय पथरी वाट ४ किलोमिटर पश्चिममा रहेको छ ।उर्लाबारीखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here