अरुण गाउँपालिका : सबै वडामा नेकपाको पार्टी कार्यालय उद्घाटन

0
119

भोजपुर, २४ कात्तिक। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अरुण गाउँपालिकाले एकै साथ सातै वडामा पार्टी कार्यालय उद्घाटन तथा ५४ वटै टोलहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला कमिटीस्तरीय नेताहरुको नेतृत्वमा गा.पा. स्तरीय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागितामा सो कार्यक्रम सम्पन्न गरिएको हो।

जसअन्तर्गत वडा नम्वर १ याङ्पाङमा नेकपा भोजपुर जिल्ला सचिवालय सदस्य तथा गा.पा. अध्यक्ष बलभद्र राई, वडा नम्बर २ चम्पेमा जिल्ला कमिटी सदस्य सुरेन्द्र श्रेष्ठ, वडा नम्बर ३ प्याउलीमा जिल्ला सचिवालय सदस्य तथा गा.पा. सह–ईन्चार्ज बबिन्द्र रसाइली, वडा नम्बर ४ चरम्बीमा जिल्ला सचिवालय सदस्य तथा गा.पा. ईन्चार्ज शिवराज सापकोटा, वडा नम्बर ५ याकुमा जिल्ला कमिटी सदस्य तथा गा.पा. सचिव नारायण घिमिरे, वडा नम्बर ६ जरायोटार र वडा नम्बर ७ सिक्रेटारमा जिल्ला कमिटी सदस्य कुमार थापाको प्रमूख आतिथ्यता र नेतृत्वमा सो उद्घाटन तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो।

दुई ठूला कम्युनिस्ट पार्टीहरुको एकतालाई जनस्तरसम्म पुर्याउन र स्थानीय सरकारले गरेका राम्रा कामको प्रचार र गलत कामको भण्डाफोर गर्नका लागि कार्यक्रमलाई तीव्रता दिइएको पार्टीका जिल्ला सचिवालय सदस्य तथा अरुण गा।पा। अध्यक्ष बलभद्र राईले बताए । उनले ‘एक नेता एक झण्डा, एक बजार एक प्रचार’ को नारालाई पनि यही कात्तिक मसान्तसम्ममा कडाईका साथ कार्यान्वयन गर्न गराउन लागिपरिरहेको समेत जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ऐतिहासिक कार्यक्रमलाई प्रमूख अतिथिहरुले सम्बोधन गर्दै महत्त्वपूर्ण प्रशिक्षणात्मक भनाईहरु समेत राखेका थिए। उक्त कार्यक्रममा गा.पा. भरिमा शनिबार एकैसाथ करिब ६०० जना नेता तथा कार्यकर्ताहरुलाई प्रमूख अतिथिहरुबाट सपथ ग्रहण गराइएको जिल्ला कमिटी सदस्य तथा गाउँपालिका सचिव नारायण घमिरेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here