अर्कैको नाममा ट्रायल परिक्षा दिने व्यक्ति पक्राउ

0
62

धनुुषा मिति २०७६।०३।३० गते १६:३० बजेको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. -८ स्थित रहेको ज्ञानकुप माध्यमिक विधालयमा संचालन भइरहेको मोटर साईकल चालक अनुमति पत्रको परिक्षामा जिल्ला महोत्तरी मदेवा घर भइ हाल जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नं. ४ मा डेरा गरि बस्ने पप्पु यादवको सट्टा जिल्ला धनुषा सहिदनगर नगरपालिका वडा नं. ९ घर भइ हाल जनकपुर उप-महानगरपालिका वडा नं. ४ बस्ने वर्ष २२ को शिव कुमार यादवले उक्त ट्रायल परिक्षा दिईरहेको भन्ने सुचनाको अधारमा प्रहरी टोली खटी गई निजलाई पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट म्याद थप गराई आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्ययलय धनुषा जनकपुर ले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here