आँप होइन, बिष खादै छौ !!

0
89

कार्बाइड नामक रसायन राखेको आँप खादा पेट दुख्ने, वान्ताहुने देखि लिएर फोक्सो, मुटु, मृगौलामा समेत ठूलो असर पार्दछ । गर्ववती महिलाले यस्तो आँप खादा गर्भ तुहिने र क्याक्सर समेत हुने संम्भावना धेरै हुन्छ ।

कार्बाइडले शरिरमा भएको पानीसंग प्रतिक्रिया गरी एक प्रकारको क्षार बनाउछ । जसले श्वासनली, घाटी, आँखा र छालामा धेरैखालको समस्या ल्याउन सक्छन  । यसले आँखापोल्ने, पाक्ने, रोगसुरु गर्दै आँखाको शक्तिनै गुमाइदिन सक्छ । भारतमा गरिएको एक सर्वेक्षण अनुसार ३५% क्याल्सियम कार्बाइड भएको हावामा २५ सेकेण्ड मात्र बस्दापनि असर देखाउछ । एक मिनेट बस्दा संक्रमण गर्दछ भने ५ मिनेट बस्दा विहोस बनाउछ र मृत्यु समेत गराउने सर्वेक्षणको रिपोर्ट छ । मुसामा गरिएको त्यस प्रकारको अनुसन्धानले कार्बाइडको सेवनले फोक्सो र मृगौलामा धेरै असर पारेको देखाइएको छ ।

त्यसैले यस्ता कुरा मा हामी आफै चनाखो हुनु पर्ने हुन्छ । क्याल्सियम कार्बाइडको  प्रयोगले पकाइएको आप हामीले सजिलै थाहा पाउन सक्छौ  ।  आँपको सबैभाग एकनासले पहेलो भएको छ भने त्यो आँपमा कार्बाइड राखेको हो भन्नेकुरा जान्न सकिन्छ । किनकी प्राकृतीक रुपले पाकेको आँपमा फलको सबै भागमा एकनासको पहेलो अर्थात पाकेको रंङ्ग देखिदैन । तसर्थ  आँप किन्दा सोचेर किनौ  ! यो कसरी पकाएको हो । खानलाई योग्य छ छैन । आँपको स्वादको लागि  आफ्नो स्वास्थ संग खेलवाड नगरौ । समयमै विचार पुर्याउ र स्वस्थ रहौ !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here