आइपीएल २०१९ : हैदरावादको मैदानमा राजस्थान ५ विकेटले पराजित

0
8

इन्डियन प्रिमियर लिग (आइपीएल) मा अन्तर्गत शुक्रबार भएको खेलमा सनराइजर्स हैदरावादको मैदानमा राजस्थान रोयल्स ५ विकेटले पराजित भएको छ ।

राजस्थान रोयल्सले  सनराइजर्स हैदरावादलाई १ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हैदरावादले १९ ओभरमा ५ विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गर्दै २०१ रन बनाएको हो ।

ad

टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो ।

हैदरावादको जितका लागि ओपनर ब्याट्‍सम्यान डेभिड वार्नरले अर्धशतकीय पारी खेले । उनले ३७ बलमा २ छक्का र ९ चौकाको मद्दतले ६९ रन बनाएका थिए । त्यसैगरी जोनी बेरिस्टोले २८ बलमा १ छक्का र ६ चौकाको मद्दतले ४५ रन बनाए भने विजय शंकरले ३५ रनको योगदान गरे । युसुफ पठानले १६ र रसिद खानले १५ र केन विलिमसनले १४ रन बनाए भने मयंक पाण्डे एक रनमा आउट भए ।

राजस्थानका लागि श्रेयस गोपालले तीन विकेट लिए भने बेन स्टोक र जयदेव उनदकटले समान एक-एक विकेट लिए ।

राजस्थानका लागि स्यामसनले अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । स्यामसनले ५५ बलमा १० चौका र ४ छक्काको सहयोगमा अविजित १ सय २ रनको योगदान गरेका थिए । त्यस्तै कप्तान अजिंक्या रहाणेले ७० रनको योगदान गर्दा बेन स्टोकले १६ रन जोडे ।

बलिङतर्फ हैदरावादका लागि राशिद खान र नादिमले समान एक-एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here