आउँदो जेठ २५ गतेभित्र कर तथा करको विवरण नबुझाए जरिवाना लिने सूचनाप्रति आपत्ती जनाउँदै दमकका ब्यवसायी ले निकाले यस्तो प्रेस बिज्ञप्ति

0
45

दमक/ झापा दमकका अगुवा ब्यवसायीहरुले आन्तरिक राजश्व बिभागले आउँदो जेठ २५ गतेभित्र कर तथा करको विवरण नबुझाए जरिवाना लिने सूचनाप्रति आपत्ती जनाएकाछन् ।

लकडाउन खुलेको एक महिनापछि आफुहरु बिभागको सूचना अनुसार कर तथा करको विवरण बुझाउन सक्ने जनाउदै उक्त सूचना कार्यन्वयन नगर्न माग गरिएको छ ।

बिमल खतिवडा, युवराज घिमिरे, भरतकुमार चम्लागाई, नविनकुमार अग्रवाल, प्रेम पाण्डे, राम रिमाल, रमेश लुइटेलले सामुहिक बिज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा बिभागको सूचना अनुसार कुनै पनि प्रकारका कर बुझाउन सकिने जनाएकाछन् ।

हामी कर तिर्न तत्पर छौ र कर तिर्छौ । राज्यले ल्याएको नीति नियम पनि मान्छौ र मानिरहेकाछौ ।

 

तर अहिले बन्दाबन्दिको अवस्थामा र सरकारले घरबाहिर ननिस्कनु भनेको अवस्थामा ब्यवसायीले कर कसरी तिर्ने ? अनि यस्तो सूचनाले ब्यवसायीहरुमा कस्तो आघात पुग्छ ? यस बिषयमा गम्भिर भएर सोच्न आग्रह गर्दछौ, बिज्ञप्तिमा भनिएको छ ।

यस्तो छ बिज्ञप्ति-

प्रेष विज्ञप्ति
मिति २०७६/०२/२१ गते

देश अहिले बन्दाबन्दिको अवस्थामा रहेको छ । अधिकाँश उद्योग, कलकारखाना र ब्यवसाय ठप्प रहेको छ । ब्यवसायीहरुको ब्यवसाय चौपट भएको अवस्था छ । यसबाट कसरी पार पाउने भनेर तनाव सिर्जना भइरहेको अवस्थामा फेरी आन्तरिक राजश्व बिभागले जेठ २५ गतेभित्र कर तथा करको विवरण नबुझाए जरिवाना लाग्ने भनेर गरेको सूचनाप्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको छ ।

हामी कर तिर्न तत्पर छौ र कर तिर्छौ । राज्यले ल्याएको नीति नियम पनि मान्छौ र मानिरहेकाछौ । तर अहिले बन्दाबन्दिको अवस्थामा र सरकारले घरबाहिर ननिस्कनु भनेको अवस्थामा ब्यवसायीले कर कसरी तिर्ने ? अनि यस्तो सूचनाले ब्यवसायीहरुमा कस्तो आघात पुग्छ ? यस बिषयमा गम्भिर भएर सोच्न आग्रह गर्दछौ ।

हामी बन्दाबन्दि खुलेको एक महिनापछि वा केहि समयमा राज्यलाई तिर्नु पर्ने सबै प्रकारका कर कानून अनुसार तिर्न तत्पर छौ र तिर्छौ । अहिलेको अवस्थामा हामी कुनै पनि प्रकारका कर तिर्न सक्दैनौ । यदि उक्त सूचना र निर्णय नसच्याए हामी आफ्नो ब्यापार ब्यवसायको चाँबी कर कार्यालय तथा सरकारलाई बुझाउन बाध्य हुनेछौ । हामीसंग कर बुझाउने क्षमता नभएकाले त्यो भन्दा अर्को विकल्प नरहेको पनि ध्यानकर्षण गराउन चाहान्छौ ।

भरतकुमार चम्लागाई
नविनकुमार अग्रवाल
प्रेमकुमार पाण्डे
रामप्रसाद रिमाल
बिमल खतिवडा
युवराज घिमिरे
रमेश लुइटेल
तथा दमकका सम्पूर्ण उद्योगी तथा ब्यवसायीको तर्फबाट

प्रभावकारी न्यूज लेखक विष्णुप्रसाद पोखरेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here