एयरपोर्टको मन छुने भावुक तस्बिर, कतार जान लागेको छोरा ओझेल परिसक्दा पनि हेरिरहे बाबुले

0
70

तर, अझै पनि दैनिक हजारदेखि १५ सय नेपाली युवायुवती खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने गरेका छन् ।

आइतबार बिहानदेखि एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन तस्बिरमा वैदेशिक रोजगारका लागि कतार जान लागेका छोरालाई बिदाइ गर्न आएका एक बाबुको हो । जसमा छोरा ओझेल परिसके पनि धेरै बेर उनले हेरिरहेका देखिन्छन् ।

खुट्टामा चप्पल लगाएर तराईका कुनै एक जिल्लाबाट आएका जस्ता देखिन्छन् यी व्यक्ति । उनी आफ्नो सन्तान गएको बाटो धेरै बेरसम्म आँखाले पछ्याइरहेका छन् । जुन तस्बिर आमनेपालीको वास्तविक चित्र हो ।

दुई छाक मिठो खान र एक जोर राम्रो कपडा लगाउने आशमा आफ्ना छोराछोरीलाई एयरपोर्टबाट यसैगरी बिदाइ गरेपछि पनि हेरिरहने सयौं बाबुहरूले उनीहरूको शव बाकसमा आएको पीडा बेहोर्न बाध्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here