ओखलढुंगाको मानेभञ्ज्याङमा स्कारपियो दुर्घटना, ६ यात्रुको मृत्यु, ३ गम्भीर

0
13

प्रकाशित मिति : Mar 31, 2019

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ हिलेपानीमा स्कारपियो दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ ।

दुर्घटनामा परी चालक सहित अन्य तीन जना गम्भीर घाईते भएका छन् । सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको स्कारपियो सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसेको थियो ।

 

उद्धारकार्यमा रहेका प्रहरी जवान वीरबहादुर तामाङका अनुसार दुर्घटनामा पर्नेको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यलयबाट प्रहरी प्रमुख पुष्पराज मल्ल नेतृत्वको टोली घटनास्थलतर्फ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here