कर्णाली यातायातको बसमा आगलागी

0
17

प्रकाशित मिति : Mar 16, 2019
राजु कोइराला News24
सुर्खेत, २ चैत । सुर्खेतदेखि कालीकोट जाँदै गरेको बसमा शनिबार दिउँसो विद्युत तार सर्ट भएर आगलागी भएको छ । समयमै यात्रुहरु झरेका कारण मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

कर्णाली यातायातको बा ४ ख ८७८ नम्बरको बसमा दिउँसो करिब १२ बजे कर्णाली राजमार्गको हुड्केमा आगलागी भएको थियो ।
प्रहरीका अनुसार घटनास्थलमा पुगेको प्रहरीले घटनाबारे अध्ययनका साथै सहायताको काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here