२०७६ साउन ७, मङ्लबार
Home समाचार काठमाडौंबाट दुबई उडेको १ सय ६५ जना सवार जहाजमा पाइलट सुतेपछि…

काठमाडौंबाट दुबई उडेको १ सय ६५ जना सवार जहाजमा पाइलट सुतेपछि…

0
459

काठमाडौंबाट दुबई उडेको १ सय ६५ जना सवार जहाजमा पाइलट सुतेपछि…

हवाइजहाजको ककपिटभित्रै पाइलट निदाएको विदेशी समाचार त हामीले पढ्दै आएका हौं, तर यो तस्वीर राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको पाइलटको हो ।

यी पाइलट हुन् क्याप्टेन नागराज शंकरमूर्ति । र, यो तस्वीर हो, एयरबस ३२० न्यारोबडी जहाजभित्र ककपिटमा खिचिएको ।काठमाडौंबाट दुबई उडेका बेला नागराज मस्त निदाइदिए । र चालक दलका सदस्यसहित १६५ जनाको ज्यानको जिम्मा को–पाइलटकाे भरमा छाडिदिए ।नेपाल एयरलाइन्समा आउनुअघि हिमालयन एयरलाइन्समा कार्यरत थिए नागराज ।

हिमालयन एयरलाइन्समा पनि उनी त्यस्तै गर्दथे । त्यसैले सुरक्षामा संवेदनशील नदेखिएको भन्दै हिमालयन एयरलाइन्सले बर्खास्त गरेको थियो । त्यसपछि उनी नेपाल एयरलाइन्समा आएका हुन् । आफूलाई निष्काशन गरेकोमा हिमालय एयरलाइन्सविरुद्ध उनले अदालतमा मुद्दासमेत हालेका थिए । नागराज भारतीय नागरिक हुन् ।

हालै गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै वरिष्ठ पाइलट विजय लामालाई निगम व्यवस्थापन पक्षले प्रवक्ताबाट हटाएको थियो । तर, ककपिटभित्रै निदाइदिने नागराजलाई भने केही नगरेको भन्दै नेपाल एयरलाइन्सका कर्मचारीहरु रुष्ट छन् ।

नेपाल एयरलाइन्सका एक कर्मचारी भन्छन्, ‘मुख्य पाइलट हुन् नागराज, उनी ककपिटभित्रै चुरोट पिउँछन् । त्यतिमात्रै होइन, हरेक उडानमा निदाइदिन्छन् । यस्तो गम्भीर लापरवाही हुँदा पनि नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्स चुप लागेर बस्नु आश्चर्यजनक छ ।’ अनलाइन खबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here