काम गर्न गएको पहिलो दिननै मृत्यु

0
445

करेन्ट लागेर झापाको दमकमा बुधबार साँझ एक जनाको ज्यान गएको छ ।

झापा दमक २ का प्रकाश कार्कीको दमक ३ स्थित वेलडाँगी मा इन्टरनेटको तार विछ्याउने क्रममा अचानक हातमा करेन्ट लागे पछी उनको मृत्यु भएको हो ।

काम गर्न गएको पहिलो दिन साथीसंगै गएका उनलाई काम गर्दा करेन्ट लागेको थियो । करेन्ट लागेर गंभीर भएका कार्कीको केहिबेरमा नै घटनास्थलमा ज्यान गएको थियो ।

मृतक कार्की दमकको पाथीभरा नेट कम्पन्नीमा प्राविधिकका रुपमा कार्यरत थिए ।

यसैवीच पीडित परिवारले घटनामा कम्पनी सञ्चालकको लार्पवाहीले गर्दा कार्कीको मृत्युभएको भन्दै छानवीन गर्न माग गरेका छन् ।

कम्पन्नीले काम गर्नेलाई सेफ्टी समान प्रयोग उपलव्ध नगरादाँ त्यस्तो दुर्घटना भएको भन्दै पीडित परिवारले गुनासो गरेका हुन् ।

कम्मपनिले घटनाको बारे ढाक छोप गर्न खोजे को भन्दै पीडितका आफन्त आक्रोसित बनेका छन् । घटनाको सत्य तथ्य बाहिर नआउन्जेल लास नबुझ्ने भन्दै राति अबेर सम्म आम्दा अस्पताल दमकमा नारा बाजी गरेका थिए ।

मृतकलाई पोस्ट मार्टमको लागी रातिनै दमक अस्पताल लगिएको पीडितका आफन्तले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here