कुवेतमा मृत्यु भएकी झापाकी सुमित्रा लिम्बुको परिवारलाइ सम्पर्कमा आउन दुतावासको आग्रह

0
100

जुन २१-  घरेलु महिला कामदारको रुपमा कुवेतमा काम गर्न आएकि झापाकी ४१ बर्षिय सुमित्रा जबेगु लिम्बुको गत मे २८ तारिक २०१९ मा मृत्यु भएकी उनको परिवारलाई सम्पर्कमा आउन नेपाली राजदुतावास कुवेतले आग्रह गरेको छ | पाँचथर जिल्लाबाट सन २०१३ फेब्रोवरी २७ तारिक जारी गरिएको राहदानी नं-०३६४६६७४ को मृतकको राहदानिमा उनको भाइको नाम नैना लिम्बु उल्लेख गरिएको छ भने स्थायी ठेगाना महाभारा-३ झापा जनाइएको छ। नेपाली नागरिकता नं-०४०१-६९-१०४२० रहेको लिम्बुले सन २०१३ मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर कुवेतमा आएको नेपाली राजदुतावास कुवेतका दितिय सचिव ज्ञान बहादुर मगरले जानकारी दिएका छन् |

मृतक लिम्बु बिरामी भए पछि उपचारको लागि अस्पतालमा भर्ना गराएको र गत मे २८ तारिक अस्पतालमै मृत्यु भएको हो | “मृतक सुमित्राको शवलाई नेपाल पठाउने सम्पुर्ण कानुनी प्रकृया पूरा भई सकेको भएता पनि उनको परिवार वा आफन्तजन कोहि संग पनि सम्पर्क हुन नसक्दा उनको शवलाई नेपाल पठाउन नसकेको दितीय सचिव मगरले बताए |

राहदानिको फोटोमा देखिएकी झापा महाभारा-३कि मृतक सुमित्रा जबेगु लिम्बुलाइ कसैले चिन्नु हुन्छ वा उनको परिवार एवं नातेदारलाई चिन्नु हुन्छ भने नेपाली दूतावास कुवेतको हटलाइन नं- ९८८६९१२१ वा परदेशी खबर डट कममा सम्पर्क गर्नु हुन अनुरोध छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here