कोरियन पुम्से च्याम्पियनसिपमा दोश्रो भएका नव बिहानीको कुशल र दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य

0
31

काठमाडौँ / ललितपुरको सातदोबाटो,नखिपोट स्थित कोरियन मार्सल आर्ट एकेडेमीले प्रथम जिल्ला व्यापी तेक्वान्दो पुम्से च्याम्पियनशिप २०७६ को आयोजना गरेको छ । उक्त च्याम्पियनशिपमा स्टार तेक्वान्दोले ४ स्वर्ण, १ रजत र ५ कांस्य जितेको छ भने चिरपरिचित प्रशिक्षक बिमल अछामीको प्रशिक्षणमा रहेको नव बिहानी तेक्वान्दो डोजाङ्ग दोस्रो भएको छ ।२ स्वर्ण, ४ रजत र ६ कांस्य पदक जित्दै नव बिहानी दोश्रो भएको हो । त्यसै गरी इमान तेक्वान्दो डोजाङ २ स्वर्ण र १ कांस्य पदक सहित तेस्रो भयो ।प्रतियोगितामा महिला तर्फ आयोजक टोलीका इसा प्रजापति तथा पुरुष तर्फ नव बिहानीका अशोक तामाङ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

विजेता टोली तथा खेलाडीलाई प्रदेश सभा सांसद मैना अछामी, आयोजक डोजाङ्गका प्रमुख राजु श्रेष्ठ र ललितपुर जिल्ला खेलकुद विकास समितिमा पूर्व अध्यक्ष राजेश लामा लगायतले पुरस्कार प्रदान गरे । ललितपुर ईमाडोल महालक्ष्मी नगरपालिका १ मा अवस्थित नव बिहानी तेक्वान्दो डोजाङ्ग स्थापनाको छोटो समयम नै चर्चित डोजाङ्ग बन्न सफल भएको छ । डोजाङ्गले उत्पादन गरेका इमान्दार, कडा परिश्रमी, अनुशासित खेलाडीहरु राष्ट्रिय देखी अन्तर्रास्ट्रिय स्तरसम्म विभिन्न उपाधी हासिल गर्न सफल भैइसकेका छन ।

ईन्डो नेपाल तेक्वान्दो च्याम्पियनसिप २०७५, उपत्यका ब्यापी तेक्वान्दो प्रतियोगिताहरुमा टिम च्यम्पियन, बैशाख १४,१५ गते उपत्यका ब्यापी तेक्वान्दो २०७५ आयोजना साथै डोजाङ्गले बिभिन्न सामाजिक कार्यमा पनि धेरै सहकार्य गर्दै आईरहेको छन । कुशल र दक्ष खेलाडी उत्पादन गरि रास्ट्रको नाम विश्व सामु चिनाउने एक मात्र उद्देश्य रहेको नव बिहानी तेक्वान्दो डोजाङ्ग प्रमुख एवं प्रशिक्षक बिमल अछामीले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here