कोरोना संक्रमणबाट झापा,दमककी एक महिला स्टाफ नर्सको मृत्यु

0
137

दमक ,१७ कार्तिक । कोरोना संक्रमणबाट झापा,दमककी एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

दमक नगरपालिका वडा नं ८ घर भई हाल विराट मेडिकल कलेज विराटनगरमा कार्यरत ६५ वर्षिया स्टाफ नर्स लमु तामाङको मृत्यु भएको हो । यसअघि उनले दमकको आम्दा अस्पतालमा लामो समय काम गरेकी थिईन् ।


उनको हिजो आइतवार बेलुका ८ बजे उपचारका क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

हिजो आइतवार मात्र दमकमा एक महिलासहित तीन जना संक्रमितको पनि मृत्युभएको थियो । त्यस्तै हिजो ४६ जनामा संक्रमण थपिएसंगै संक्रमितको सँख्या पनि ४१९ पुगेको छ । स्र्रोत –हाम्रो दमक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here