गीत लेख्नमा छुट्टै आनन्द छ ,गीतकार प्रतिमा

0
40

काठमाडौं/समाज सेवामा समर्पित तथा निरन्तर नेपाली गीत सङ्गीत क्षेत्रमा आफ्नो मिठो गीत रचना बाट आफ्नो छुट्टै पहिचान बनाएकि गीतकार हुन् प्रतिमा गुरुङ ।

सानै देखि गीत, कबिता, गजल, शायरी लेख्न मन पराउने गीतकार प्रतिमा गुरुङ फ्रान्समा रहेर पनि नेपाली गीत सङ्गीतलाई असाध्यै मायाँ गर्ने गीतकार प्रतिमा गुरुङले ‘आमा ओ मेरी आमा..।’, ‘आमा तिम्ले छाडी गएपछि…’ जस्ता गीतहरु नेपाली गीत सङ्गीत प्रेमीहरु माझ ल्याएर छुट्टै पहिचान बनाई सकेकी छन् । उनको रचनामा केहि गीतहरु सामाजसेवी गायक÷सङ्गीतकार जितेन बान्तवा’ले गाई सकेका छन् ।

विदेशमा कार्य व्यस्तता भएता पनि केहि फुर्सद’को समयमा गीत लेख्न र गीत सङ्गीत सुन्न मन पराउने गीतकार प्रतिमा भन्छिन – ‘म नेपाली गीत सङ्गीतलाई असाध्यै मायाँ गर्छु, फुर्सद भयोकी म गीत लेख्न र गीत सङ्गीत सुन्न मन पाराउँछु । गीत सुन्योकी नाच्न मन लाग्ने हुन्छ, फ्रान्समा हुने साङ्गीतिक कार्यक्रममा पनि नेपाली गीत सङ्गीतमा नाच्दा आनन्द आउँछ सबै दुख भुलिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here