गोर्खा ब्रुअरीको उत्पादन टुवोर्ग क्यान वियर गुणस्तरहीन रहेको खुलासा

0
36

दुई न्यायाधीशको जागिर चट सोमवार, भदौ ९, २०७६

काठमाडौं- काल्सवर्ग,  टुवोर्ग, गोर्खा लगायत वियर उत्पादन गर्ने कम्पनी गोर्खा ब्रुअरी प्रा.लि.को करछली प्रकरण सँगै अर्को कर्तुत खुलेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमबाट गोर्खा ब्रुअरीको उत्पादन टुवोर्ग वियर गुणस्तरहिन भएको भेटिएको हो।

विभागका महानिर्देशक विश्ववावु पुडासैनीका अनुसार, विभागले गत बैशाख ६ गते गोर्खा ब्रुअरीको नवलपरासीस्थित उद्योगमा अनुगमन गरि नमुना संकलन गरेर परिक्षण गरेको थियो। परीक्षणका क्रममा ५ सय एमएलको टुबोर्ग स्ट्रोङ क्यान वियर गुणस्तरहिन भएको भेटिएको हो।

‘परीक्षणका क्रममा क्यान वियरको एलसी पर्सेन्टको मान नेपाल गुणस्तर २३ अनुरुप नभएको पाइएको छ,’ महानिर्देशक पुडासैनीले भने, ‘अर्कातिर लेभलमा ५ दशमलव ५ प्रतिशत अल्कोहलको मात्रा रहेको लेखिएको टुबोर्ग बियरको बोतलको परीक्षण गर्दा ४ दशमलव ५ प्रतिशत भन्दा कम पाइएको छ।

अल्कोहलको प्रतिशत कम भएकाले गुणस्तर तथा नापतौल विभागले स्पष्टीकरण समेत सोधेको थियो। तर, गोर्खा ब्रुअरीले  अल्कोहलको मात्रा पुगेको छ भनेर दाबी गरेपछि विभागले बजारबाट थप नमुना संकलन गरी परीक्षण गरीरहेको छ।

मापदण्ड पुरा नगर्नेलाई के हुन्छ कारवाही?

नेपाल गुणस्तर प्रमाण चिन्ह ऐनमा सम्बन्धित गुणस्तर अनुरुप प्रमाणीकरण गराएर उद्योगले मापदण्ड सुनिश्चित गर्नुपर्ने प्रावधान छ। महानिर्देशक पुडासैनीका अनुसार  त्यो मापदण्ड पुरा गरेपछि मात्र कुनै कम्पनीले आफ्नो उत्पादन बजारमा बिक्री वितरण गर्न पाउँनेछ। तर, त्यो कम्पनीले गुणस्तरले तोकेको आवश्यकता वा मापदण्ड नियतवश नपुर्‍याएको अवस्थामा सहजै बिक्री वितरणमा रोक लगाउने अधिकार गुणस्तर विभागलाई छ।

यदि थप अनुसन्धानको क्रममा फेरि गल्ति भेटे वा नियत देखिएमा भने इजाजत पत्र निलम्बन वा रद्ध गर्ने विभागका महानिर्देशक पुडासैनीले बताए।

झण्डै ८८ करोड कर छली काण्ड

गोर्खा ब्रुअरी अहिले करछली काण्डमा समेत मुछिएको छ। आन्तरिक राजश्व कार्यालय भरतपुरका अनुसार, गोर्खाले तिर्नुपर्ने ८७ करोड १४ लाख ९७ हजार ५ सय ७८ रुपैयाँ कर तिरेको छैन। यो प्रकरणमा उच्च अदालत पोखराका तीन जना न्यायाधीशमाथि छानविन भइरहेको छ। छानविनका क्रममा दुईजना न्यायाधीशले त राजीनामा नै दिइसकेका छन्। सगरमाथा खबर बाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here