गौरादहका युवाहरुले गरे डियुटीमा खटिएका प्रहरीलाई मास्क , पन्जा र सानीटाइजर वितरण

दमक – कोरोना भाइरस विश्वव्यापी रुपमा महामारी बनेपछि अहिले व्यक्तिगत र सामाजिक रुपमा एक अर्कालाई सहयोग गर्ने क्रम बढेको छ ।

यसैबीच झापा गौरादहका समाज सेवि दुई युवा अर्जुन कुमार सुबेदी र सुनिल खड्काले भाइरसको संक्रमणबाट बच्न भन्दै आफ्ना साथीहरू को साथ सहयोगमा स्वास्थ्य सामाग्री वितरण गरेका छन साथै उनिहरु लाई गौरदह बस्ने पर्वत राई ,उमेस अधिकारी ले  साथ दिएका थिए ।

गौरादह नगरपालिकामा रहेर सुरक्षा प्रदान गरिरहेका सुरक्षाकर्मीहरुका साथै सशस्त्र प्रहरी बल गौरिगंजलाई हिजो उनीहरुले २०० वटा मास्क, १०० वटा पन्जा र १५ वटा सेनिटाईजर प्रदान गरेका हुन् ।

साथै आज गौरिजंग गाउँपालिका को संपूर्ण डिउटि मा खटिएका प्रहरी लगायत ट्राफिक प्रहरी लाई १०० वाट माक्स र १०० ओटा पन्जा वितरण गरे सगै घाम पानी , भोग प्यास नभनि रास्ट्र का लागि खटिएका जवान हरु लाई नास्ता पानि समेत खुवाएको बताए ।

कालोबजारीका कारण बजारमा मास्क अभाव भएको र पाइएको मास्क पनि महँगो भएकोले आफुहरुले सामाजिक कर्तव्य सम्झेर मास्क लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको बताए । उनीहरुले आउदा दिनमा पनि यस्ता सामाजिक काममा लागिरहने समाज सेबी अर्जुन सुवेदी ले बताए साथै केही परे सहयोग को लागि सधै हाजिर हुने भन्दै आफ्नो मोवाइल न समेत सार्वजनिक गरेका छन।
अर्जुन सुवेदी गौरदह – ३ मो .9817029661 ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here