चोरी घटनामा संलग्न ४ जना पक्राउ

0
21

मिति २०७५।११।२९ गते रातिको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगर पालिका वडा न. २ बिधानगर बस्ने ब्रहम्देव यादवको घरमा चोरी भएको घटनाको सम्बन्धमा गोप्य सूचनाको आधारमा यस कार्यालयवाट खटिएको प्रहरीको विशेष टोली र प्रहरी चौकी भिट्टामोड महोत्तरीको संयुक्त टोलीले खोजतलास तथा चेकजाँच गर्ने क्रममा मिति २०७५।१२।0१ गते अं. १४:३० बजेको समयमा जिल्ला महोत्तरी जलेश्वर नगरपालिका वडा नं. ३ स्थित भारत जाने सडक खण्डमा निम्न स्थानमा बस्ने निम्न मानिसहरुले चोरीका सानामहरु भारत तर्फ लैजाने क्रममा फेला पारी सामानहरु सहित निजहरुलाई नियन्त्रणमा लिई निजहरुको साथवाट सामानहरु बरामद गरी यस कार्यालयमा ल्याई चोरी शिर्षक मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भईरहेको ।

निम्न मानिसहरुको नाम,थर र वतन :-
१. जिल्ला धनुषा जनकपुर उप-महानगरपालीका वडा नं. ८ पगलावाव धर्मशाला टोल बस्ने वर्ष २३ को सलामत दर्जी
२. ऐ ऐ वडा नं. ७ पेठीया बजार बस्ने वर्ष २१ को असरफ राईन
३. ऐ ऐ वडा नं. ८ बस्ने वर्ष ३५ की नशरा खातुन
४. ऐ ऐ वडा नं. २३ बस्ने सोनामाई टोल बस्ने वर्ष ३३ को मो. कमरान दर्जी

बरामद दशीहरुको बिबरण :-
१. चाँदीको हसुली थान-१
२. चाँदीको ब्रासलेट थान-१
३. चाँदीको पहुची थान-१
४. चाँदीको बाला १ जोर
५. चाँदीको पाउजु १ जोर
६. चाँदीको औठी थान-१
७. चाँदीको खुट्टमा लगाउने ठेसा थान-६
८. नेपाली रु २,२००।–(दुई हजार दुई सय) भारु २,०००।–(दुई हजार)
९. मोवाईल थान -३
१०. रा.बा.बैकको दिर्घ सेवा पदक थान-१

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here