चौधरी ग्रुपको उद्योगमा अज्ञात समुहद्वारा शक्तिशाली बम विस्फोट

0
80

नवलपरासी। अज्ञात समुहद्वारा नवलपुरको देवचुली नगरपालिका चौधरी ग्रुपको उद्योग कम्पाउण्ड परिसरमा शक्तिशाली वम बिस्फोट भएको छ । नवलपरासी (सुस्ता पुर्ब) को देवचुल नगरपालिका दुम्कौलिमा रहेको चौधरी उद्योग ग्रामको परिसरमा शक्तिशाली बम बिस्फोट हो । बम कस्ले किन पट्कायो भन्ने एकिन हुन सकेको छैन ।

बोतलमा सामान्य वारुद राखेको अवस्थामा विस्फोटक पदार्थ विस्फोट भएको हो । उद्योग अगाडी गार्ड रहने गेड भन्दा करिब ४५ मिटर पर कसैले बारुद भरेर बोत्तलमा राखी फालेर पड्काएको डिएसपी रमेश थापाले बताउनुभयाे । विस्फोटबाट केहि क्षति भने भएको छैन ।News24

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here