छिमेकिको छोरालाई बाँधेर बलात्कार गर्न खोज्ने महिला पक्राउ !

0
139
एजेन्सी– भारतको यूपीमा ३० वर्षीय महिला बलात्कार प्रयासको आरोपमा पक्राउ परेकी छिन्। पक्राउ परेकी महिला माथि १३ वर्षीय किशोरलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो।

पक्राउ परेकी महिला माथि जबर्जस्ति करणी प्रयास सँगै कुटपिटको मुद्दा चलाइने बुझिएको छ। पिडित बालकको आमाले समयमानै उद्धार नगरेको भए महिलाले बालकलाई बलात्कार गरिसकेको हुने थिइन्।

खोजि गर्दै गर्दा आफ्नै छिमेकमा रहेकी एक महिलाले लिएर गएको पत्ता लागेको थियो। आरोपी महिलाको घरमा पिडित बालकलाई बन्दक बनाइराखेको अवस्थामा फेला परे पछि बलात्कार प्रयासको घटना बाहिरिएको थियो।

घटना मंगलबारको भएको बुझिएको छ। पिडित बालकलाई आरोपी महिलाले पहिला फकाउन खोजेकी थिइन्। तर नमानेपछि बाँधेर बलात्कारको प्रयास गर्दै गर्दा बालकको उद्धार भएको थियो।

उद्धार गरेसँगै पिडित बालकको परिवारले प्रहरीमा उजुरी गरेपछि बलात्कार प्रयास गर्ने महिला पक्राउ परेकी थिइन्। पक्राउ परेकी महिलाको अहिले स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here