छोरी बलात्कार गर्ने बुवालाई ३८ वर्ष कैद सजाय

0
8

ओखलढुंगा । जिल्ला अदालत ओखलढुंगाले छोरी बलात्कार गरेकाे आराेपमा बाबुलाई ३७ वर्ष ६ महिना कैद फैसला गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

जिल्लाको सुनकोशी गाउँपालिकाका ३६ वर्षीय एक पुरुषलाई जबरजस्ती तथा हाडनाता करणी मुद्दामा साे सजाय तोकिएको जिल्ला अदालतका श्रेष्तेदार नेत्रबन्धु पौड्यालले जानकारी दिए ।

हाडनाता करणीतर्फ जन्मकैद अर्थात् २५ वर्ष र जबरजस्ती करणीतर्फ जन्मकैदको आधा १२ वर्ष ६ महिना गरी ३७ वर्ष ६ महिना सजाय तोकिएको हो । मुलुकी अपराध संहिता कार्यान्वयनमा आएसँगै कसुर अनुसार सजाय निर्धारण गरेर कैद फैसला भएको पहिलो मुद्दा यही भएको श्रेस्तेदार पौड्यालले बताए । News24।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here