जबरजस्ती करणी पश्चात बालिकाको हत्या गरि जलाउने अभियुक्त पक्राउ

0
59

मिति २०७५।११।०२ गते जिल्ला धनुषा मिथिला न.पा वडा न ३, हरीहरपुर, मगर टोलमा विहान अन्दाजी १०:३० बजेको समयमा गाँउबाट उतर तर्फ रहेको मौले कामीको उखुबारीमा अर्ध जलेको शव फेला परेकोमा उक्त शब सोही स्थान बस्ने देवनारायण रसाईलीको छोरी राम्ररी बोल्न नसक्ने वर्ष ११ की रेश्मा भन्ने दुतिया रसाईलीको भन्ने पहिचान भएको ।

निज मिति २०७५।११।०१ गते स्थानिय इन्द्र थापा मगरकी छोरी मन्दिरा थापा मगरको विहेभोजमा राति अन्दाजी ८:३० बजे सम्म देखिएको, सो पश्चात एकैचोटी बिहान शव फेला परेपछि मात्र घर परिवारलाई थाहा भएको ।

घटनाको संवेदनशीलता तथा गाम्भीर्यतालाई मनन् गरी घटनास्थलमा विशेषज्ञ कुकुर ल्याउने देखि जनकपुर अंचल अस्पतालबाट Forensic चिकित्सक समेत ल्याई शव तथा घटनास्थलको अवलोकन गर्नुका साथै प्रदेश प्रहरी कार्यालय जनकपुर, संघिय प्रहरी इकाई कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले सुक्ष्म अनुसन्धान गरि शंकित ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा भारत तर्फ लुकिछिपी भागि जान लागेको अबस्थामा जिल्ला धनुषा बिदेह न.पा. २, दुहबी टोलबाट घटनाको अभियुक्त जिल्ला धनुषा बटेश्वर-४ बस्ने डाग बहादुर जर्घा मगरको छोरा बर्ष २२ को निरन अनि ह्याम्ली डन भनी चिनिने निरज जर्घा मगरलाइ मिति २०७५।११।०६ गते पक्राउ गर्न सफल भएको ।

अनुसन्धानबाट खुल्न आएको तथ्यहरु :
——————————————
मिती २०७५।११।०१ गते अभियुक्त निरज जर्घा मगर आफनो मामाको घर मिथिला नपा वडा न ३ हरिहरपुर, मगर टोल बस्ने इन्द्र थापा मगरकी छोरी मन्दिरा थापा मगरको विहेको कार्यक्रम सके पश्चात साँझ स्थानिय गाउँलेहरुसँग भोजको कार्यक्रममा संलग्न रहेको । भोज पश्चात सवै जना विवाहको घरमा नाचगानको कार्यक्रममा संलग्न भएको ।

नाचगानका बीचमा विजुलीको लाइन काटिएपछि केहि केटाकेटीहरु बाहेक अधिकांश जसो तितरबितर भर्इ घर तिर लागेको । सोही मौका पारी रक्सी, लागु औषध (ट्याबलेट) तथा गाँजा समेत सेवन गरेका अभियुक्त निरज जर्घा मगरले ११ बर्षिय बालिका रेश्मा भन्ने दुतिया रसाइलीलाई फकाउन भनि नजिकैको किराना पसलबाट चाउचाउ र फ्रुटी किनि ल्याएको र बालिकालाइ सोही चाउचाउ र फ्रुटी दिर्इ ललार्इफकार्इ खोलाको बाटो हुदै घटनास्थल रहेको उखुको खेतमा लगेको ।

खेतमा लगेर बालिकालाइ अभियुक्त निरज जर्घा मगरले चाउचाउ र फ्रुटी खान दिई सो पश्चात जबरजस्ती कपडा खोली करणी समेत गरेको । पछि बालिकाले गाँउमा गएर पोल खोल्ने डरले बालिकालाई अभियुक्त आफैले घाँटी थिचेर हत्या गरेको ।

हत्या गरी सकेपछि बालिकाको लासलाइ लुकाउने र फिंगर प्रिन्ट लगायतका प्रमाणहरु नष्ट गर्ने उदेश्यले शव माथी उखुको सुकेको पात, बालिकाको कपडा र चप्पल राखेर लाइटरले आगो लगाएको ।

बालिकालार्इ आगो लगाए पश्चात् पुन: विवाहको घरमा गर्इ नाचगान हेरी बसेको । अन्दाजी राति ११:३० बजेको समयमा विवाह घरमा नाचगान कार्यक्रम सकेर मामा घरमा गई सुतेको । भोलिपल्ट विहान उठ्दा गाँउमा हल्ला भएपछि शव जलाएको ठाँउमा हेर्न गएको, सो पश्चात मामा घरमा पुगेर विहान अदाजी १० बजे पछि गाँउबाट भागेको ।

अभियुक्त निरज जर्घा मगर विगतमा विभिन्न चोरीका घटनामा सलग्न रहेको, केटी जिस्काएको आरोपमा ईप्रका ढल्केवरले नियन्त्रन्णमा लिई कारवाही गरेको, सार्वजनिक अपराधमा प्रहरी बृत्त कालीमाटी, काठमाडौंमा हिरासतमा साथै ३ महिना केन्द्रीय कारागारमा रही निस्किएको समेत बुझिएकोले आपराधिक प्रवृत्तिको मान्छे रहेको भन्ने बुझिएको ।

निज मादक पदार्थ तथा लागुऔषध सेवनकर्ता समेत रहेको ।

निज अभियुक्त कहिले धनुषा, कहिले काठमाडौं बसी घर रंग लगाउने, खलासी तथा लेबर समेतको काम गर्ने गरेको भन्ने बुझिएको .

निजलाई जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान कार्य भईरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here