जेठ २४ गतेदेखि उद्योग-ब्यवसाय खोल्ने झापाका ब्यवसायीहरुको निर्णय, जेठ २५ गतेभित्र कर बुझाउन गरेको सूचना खारेज गर्न माग

0
68

झापा/ कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले जारी राखेको लकडाउनको मोडालिटी परिवर्तन सहित विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सबै प्रकारका उद्योग, कलकारखाना, बजार ब्यवसाय खोल्ने अवस्था सिर्जना गर्न झापाका ब्यवसायीहरुले माग गरेकाहुन् ।

 

उनिहरुले जिल्ला प्रशासन कार्यालय झापालाई जेठ २३ गतेसम्म यस बिषयमा निर्णय गर्न समय प्रदान गर्ने र यो नभए आफै २४ गतेदेखि खोल्ने निर्णय गरेकाहुन् ।

दमक उद्योग बाणिज्य सघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार जिल्ला स्थित सबै बाणिज्य संघहरुको उपस्थितिमा आइतवार भएको छलफलपछि यो निर्णय लिईएको हो ।

 

जेठ २३ गतेसम्म जिल्ला प्रशासन कार्यालयको आवश्यक निर्णय नगरे २४ गतेदेखि स्वत ब्यापार ब्यवसाय खोलिने निर्णय भएको छ, श्रेष्ठले भने ।

यसैगरी करको बिषयमा आएको सूचना अब्यवहारिक भएको र यस्तो अवस्थामा कुनै पनि प्रकारको कर राज्यलाई तिर्न नसक्ने भन्दै यस्तो सूचना खारेज गर्न पनि माग गरिएको छ ।

यो ब्यवहारिक देखिदैन र हामी तिर्न सक्दैनौ भन्ने ठहर रहेको छ, अध्यक्ष श्रेष्ठले भने । करको बिषयमा आएको सूचनाप्रति ब्यवसायीले आक्रोश पोख्दै आएकाछन् ।

आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जविरवाना बच्न आग्रह गर्दै सार्वजनिक सूचना निकालेको थियो ।

यसले ब्यवसायीक क्षेत्रमा ठुलो तंरग सिर्जना भएको छ भने सरकारको पनि आलोचना भईरहेको छ । झापाका सबै बाणिज्य संघहरुको भेलाले यि निर्णयहरु गरेको हो । यो समाचार प्रभावकारी न्यूज बाट लिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here