झापाको गौरादहमा मोवायलले लियो एक बालकको ज्यान

0
283

दमक/मोवाइल चार्ज भईरहेको अवस्थामा चिसो हातले छुँदा झापा गौरीगञ्जस्थित ज्ञानोदय माविमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको छ ।

गौरादह ८ दामाबारीमा मावली घरमा बसेर पढ्दै आएका मोरङको रतुवामाई नगरपालिका १ का गोल्छा महतोका ६ बर्षिय छोरा रोशन महतोको आज ( बिहिबार) बिहान करीब १० बजे मोवाइलबाटै करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्स्पेक्टर टेकेन्द्र पौडेलले जानकारी दिनु भयो ।

उहाँले घट्नाबारे जानकारी पाए लगत्तै प्रहरी टोली त्यस तर्फ गईसकेको र आवश्यक कानुनी प्रकृया अघि बढाइने जनाउनु भयो । सवाल नेपाल बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here