झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि

0
172

दमक/ झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसमा २ जना झापा गौरादह र बाँकी १५ जना कचनकवलका हुन्।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ ।

गौरादह नगरपालिका वार्ड नं ९ का कोरोना पुष्टि भएका २ जना भारतको मद्रासबाट आएको बताईएको छ ।
क्वारेन्टाइनमा रहेका २०
जनाको थ्रोट स्वाब परिक्षण गर्दा उनीहरूमध्ये २ जनामा पोजिटिभ रिपोर्ट
आएको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
झापामा १७ जना थप भएसँगै प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ । प्रभावकारी NEWS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here