झापा दमकमा कोरोना संक्रमितको मृ’त्यु

0
55

दमक,८ कार्तिक । झापाको दमकमा आज थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।दमक ७ का ५२ बर्षिय संक्रमित पुरुषको आज मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।स्वास्थ्य शाखा निरीक्षक बद्री बरालका अनुसार ति पुरुषमा ६ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी होम आइसोलेसनमा उपचाररत थिए । आज बिहान उनको स्वास्थ्य अवस्था जटिल भएपछि दमक अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।
यसअघि दमक १० का ६८ बर्षिय धिमाल समुदायका एक पुरुषको पनि दुई दिन अघि मृत्यु भएको थियो । यससंगै दमकमा कोरोना मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
हाम्रो दमक बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here