डेढ लाख रुपैयामा बालिका बलात्कार मिलाउने प्रयास

0
78

विराटनगर । मोरङको रंगेलीमा एउटा बलात्कारको घटनालाई पैसाको लेनदेन गरि दबाउन प्रयास गरिएको छ ।

१६ वर्षीया किशोरीलाई ललाईफकाई बलात्कार गरेको घटना २४ दिनसम्म पीडित पक्षलाई लेनदेनको लोभ देखाएर गुपचुप राखिएको हो। तर प्रहरीले घटनाका बारेमा थाहा पाएपछि लेनदेन रोकिएको हो। गाउँका अगुवा र भद्रभलाद्मीले बलात्कारपीडित बालिकाका परिवारलाई एक लाख ५० हजार रुपैयाँ दिने भन्दै ढाकछोपको प्रयास गरेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । प्रहरीका अनुसार घटना गत असार २० गतेको हो। किशोरीलाई रंगेली नगरपालिका ९ का २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रीन्स अधिकारी र २३ वर्षीय सुनिल चौधरीले सामूहिक बलात्कार गरेको जनाइएको छ।

घटनापछि गाउँमा छलफल बोलाइएको र पैसा लेनदेन गरेर घटना गुपचुप राख्ने भनेर कागज समेत गरिएको तर पैसा लेनदेन हुनुअघि नै प्रहरीले थाहा पाएका कारण अनुसन्धानको दायरामा ल्याइएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीले जानकारी दिएका छन् । घटनामा संलग्न मध्ये मगर र अधिकारी पक्राउ परेका छन्। चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ। पीडितलाई एक संस्थाको संरक्षणमा राखिएको छ। बलात्कारमा संलग्न विरुद्ध जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइए प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here