थप २२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १७ सय ९८ पुग्यो

0
27

काठमाडौं : सोमबार थप २२६ जनामा कोरोना भाइस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा
डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका हुन्।
योसहित कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ।

हालसम्म पीसीआर विधिबाट ७१ हजार ९०३ र आरडीटी विधिबाट १ लाख १३ हजार ७५७ नमूना परीक्षण भएका छन्।
गत २४ घन्टामा पीसीआर विधिबाट २ हजार ३१० र आरडीटी विधिबाट २ हजार ६४८ थप नयाँ नमूना परीक्षण भएका हुन्।

प्रवक्ता देवकोटाका अनुसार संक्रमित हुनेमा १ हजार ६६७ पुरुष र १३१ महिला रहेका छन्।
सोमबार थप एक जिल्लामा कोरोना संक्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा कोरोना संक्रमण देखिएको हो।
यो सहित ५९ जिल्लामा कोरोना संक्रमण फैलिसकेको प्रवक्ता देवकोटाले बताए।

डा. देवकोटाका अनुसार सातवटै प्रदेशमा कोरोना संक्रमण देखिएको छ। जसमध्ये प्रदेश १ मा १६८ जना, प्रदेश २ मा ६९४ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा २६ जना, प्रदेशमा ५ मा ६२१ जना, कर्णाली प्रदेशमा १५८ र सुदूरपश्चिम प्रदेशमा ४५ जना गरी कुल १ हजार ७ सय ९८ जना कोरोना पुष्टि भएको हो। यस्तै आइसोलेसनमा १ हजार ५ सय ६९ जना रहेका छन् भने क्वारेन्टाइन बस्नेको संख्या १ लाख ३३ हजार ९७५ पुगेको छ।

सोमबार थप १ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोना जित्नेको संख्या २२१ पुगेको छ। डडेल्धुराका एकजना पुरुष डिस्चार्ज भएका छन्। उनी अस्पताल बसाइको दशौं दिनमा डिस्चार्ज भएका हुन्। कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ। अन्‍नपूर्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here