दमकमा जीप तोडफोड

0
40

प्रकाशित मिति: बिहिबार, फाल्गुण ३०, २०७५
झापा / झापाको दमकमा को १ च ४७६० नम्वरको जीपमा तोडफोड भएको छ । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको राईनो जिपमा अज्ञात समूहले ढुङ्गा प्रहार गरी तोडफोड गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय दमकबाट करिब पांचसय मिटर पश्चिम सगरमाथा पेट्रोलपम्प छेउमा भएको उक्त घटनामा गाडीको अगाडिको सिसा पूर्ण रूपले क्षति भएको छ ।

कोसी पारिबाट विवाहमा सहभागी भएर आउँदै थियौ घर आई पुग्न करिब दुई सय मिटर मात्र वाँकी थियो एककासी गाडीमा ढुङ्गा बर्सियो सवारी धनी सुरेन्द्र बस्नेतले भन्नुभयो । नेकपा विप्लव समूहले बन्द आव्हान गरेकै दिन चोक छेउमै यसरी तोडफोड हुनु दमकको सुरक्षा व्यवस्था फितलो रहेको सर्वसाधारणले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here