दमकमा भएको दुर्घटनामा परि एकजनाको मृत्यू

0
61

दमक/
झापाको दमकमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यू भएको छ । दमक ४ स्थित चिया बगान उत्तर हडियामल जाने बाटोमा मालबाहक ट्रकले ठक्कर दिदा एक जना साईकल यात्रुको घटना स्थलमै मृत्यू भएको दमक ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

राजमार्गबाट उत्तर जाँदै गरेको ना ६ ख २८९३ नम्वरको ट्रकले बाटो काट्ने क्रममा साईकल यात्रुलाई ठक्कर दिएको ट्राफिकले जनाएको छ । भारत घर भएको तर अहिले सम्म नाम वतन पत्ता लागी नसकेको प्रहरीले जनाएको छ ।

मृतकको शव दमक स्थित दमक अस्पतालमा राखीएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल कुमार सुब्बाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here