दमकमा वडास्तरिय फुटबल हुने

0
44

दमक,१७ चैत । नयाँ वर्ष २०७६ को अवसर पारेर झापाको दमकमा यहि २० देखि २९ गतेसम्म वडा स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।


दमक ४ स्थित उराउ टोलस्थित खेल मैदानमा हुने वडास्तरिय फूटवल प्रतियोगिता हुन लागेको आयोजक दमक नगरपालिका खेलकुद बिकास समितिले जनाएको छ ।

समितिका उपाध्यक्ष केन्द्र प्रसाईका अनुसार नगरमा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ वडास्तरिय फूटवल सञ्चालन गर्न आगिएको हो । प्रत्येक वडाबाट उत्कृष्ट खेलाडी छनौट गरि आगामी दमक गोल्डकपमा एक उत्कृष्ठ टिम वनाउने तयारी गरिएको उनले बताए ।
प्रतियोगिता सम्पन्न गर्न कुल लागत रु ६ लाख रहेको जनाईएको छ ।

प्रतियोगिताका बिजेताले रु एक लाख ५ रुपैया तथा उपबिजेताले नगद ५० हजारसहित टफि पाप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले नगद एक हजार ,उत्कृष्ट गोल किपर , डिफेन्स,मिडफिल्डर ,स्टाइकर ,बेस्ट स्कोररलाई क्रमशः२५ सय र एक जना उत्कृष्ट खेलाडीलाई रु ५ हजार प्रदान गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here