दमकमा २० घण्टापछि अवरुद्ध विद्युत सेवा सुचारु

0
171
Nepal Electricity Authority technician. Photo: Balkrishna Thapa Chhetri/THT
प्रकाशित मिति: आइतबार, आषाढ २२, २०७६

दमक, झापाको कमल गाउँपालिका स्थित पाडाजुङीमा रहेको काबेली करिडोर अन्तर्गतको शब स्टेसनमा बिद्युतीय उपकरणमा खराबी आएपछि दमक आसपासका क्षेत्रमा बिगत २० घण्टादेखी अवरुद्ध विद्युत सेवा सुचारु भएको छ ।

शब स्टेसनमा रहेको सिटिपिटीमा सनिबार साझ ७ बजेदेखी खराबी आएको थियो ।

सिटिपिटिमा खराबी आएपछि मर्मतका लागि गएका विद्युत प्राधिकरणका कर्मचारी ५५ बर्षीय प्रेम खतिवडाको करेण्ट लागेर मृत्युभएपछि मर्मत कार्य ढिला हुदा २० घण्टादेखी दमक, गौरादह, उर्लाबारी, गौरिगञ्ज र कमल गाउपालिकामा विद्युत आपूर्ती ठप्प भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here