दमक अन्तर नगरपालिका फुटबल प्रतियोगिताको फाइनलमा इनरुवा नगरपालिका ५-३ गोल अन्तरले पराजित

दमक नगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सुनसरीको इनरुवा नगरपालिकालाई ५-३ गोल अन्तरले पराजित गर्दै दमक नगरपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

दमकको जितमा माल्दिना आंगपुचोले ह्याट्रिक गरे । उनले खेलको २४ औ, ५० औ र ७५ औ मिनेटमा गोल गरेका थिए । दमकका तर्फबाट अरू २ गोल खेम पोखरेल र सञ्जय धिमालले गरे । पोखरेलले खेलको ४ औ मिनेट र पोखरेलले ५० औ मिनेटमा गरेका थिए ।

इनरुवाका लागि अभिषेक कालिकोटेले २ गोल गर्दा सिसम चौधरीले १ गरेका थिए । कालिकोटेले खेलको १८ र २५ औ मिनेटमा गोल गरेका थिए भने चौधरीले खेलको १४ औ मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच ह्याट्रिक गरेका दमकका माल्दिना आंगपुचो घोषित भए । उनलाइ प्रमुख अतिथि तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले नगद ३ हजार सहित ट्रफी प्रदान गरे ।

भोलि धरान उपमहानगरपालिका र विराटनगर महानगरपालिका बिच अन्तिम सेमिफाइनल खेल दिनको ठिक ३ बजे ईटहरी रङ्सालामा हुने र प्रवेश टिकट निशुल्क रहेको आयोजकले जनाएको छ । पूरा खेल 👇️👇️👇️

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here