दमक मा करेन्ट लागेर दुई मजदुर सख्त घाईते

0
27

दमक ,१ चैत । विद्युत चुहिएर झापाको दमकको शुक्रवार विहान दुई जना मजदुर सख्त घाईतेभएका छन् ।

दमक ६ स्थित लाइफलाइन अस्पताल अगाडि बिद्युतको काम गर्दै आएका मजदुर ट्रान्समिटरको तारमा एक्कासी विद्युत चुहिदाँ जिल्ला ओखलढुंगा घर भई हाल मोरङ,सुनवर्सी बस्ने २५ वर्षिय सुमन खत्री र अर्का मजदुर सुमन खड्का घाईते भएका हुन् ।

ट्रान्समिटरमा चढेर बिद्युतको काम गर्दै आएका खत्रीलाई तारमा नै झुण्डिएको अवस्थामा उद्धार गरिएको थियो ।
घाईते दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भईरहेको र खत्रीको अवस्था भने गंभीर भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । तारमा झुण्डिएका खत्रीलाई करिव १५ मिनेट पछि भरयाङ्गको सहयताबाट उद्धार गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here