दुर्गेश थापाको नयाँ वर्षमा दर्शकलाई नयाँ कोसेली “द मास्कर” (भिडियो सहित )

0
114

नया वर्षको अवसर पारेर चर्चित गायक तथा मोडेल दुर्गेश थापाको नया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।२०७६ सालमा ‘बिच्च बिच्चमा’ र ‘ह्याप्पी तिहार’ जस्ता सफल गीतले निकै चर्चामा रहेका दुर्गेश थापाले नया वर्ष २०७७ सालको पहिलो दिनमा नै दर्शक तथा स्रोता माझ नया गीत लिएर आएका हुन् ।

द मास्कर” बोलको सार्वजनिक गीतमा दुर्गेश थापाको आफ्नै शब्द तथा संगीत रहेको छ।गीतको भिडियोमा मोडल तथा युटुबर सोनीका रोकायाले निकै कामुक द्रश्य समेत दिएकी छिन् ।

गीतमा राजनीतिक दलका नेताहरु माथि व्यंग्य प्रहार गरिएको छ भने उनलाई धोका दिने पूर्व प्रेमिका माथि पनि व्यंग्य गरिएको छ ।गीतको भिडियोलाई चर्चित भिडियो निर्देशक शिब बिकेको निर्देशन गरेका हुन् ।

भिडियोलाई अरोन अशोककुमारले छायांकन गरेका हुन् भने मिलन विस्वकर्माको सम्पादन रहेको छ ।गीतको भिडियोलाई गायक दुर्गेश थापाको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here