नयाँ वर्ष २०७६ को अवसरमा बजाजले ल्यायो ‘बजाज उल्टो अफर’

0
136

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को योजना अन्तर्गत “बजाज उल्टो अफर” सार्वजनिक गरेको छ । कम्पनीले “किनेपछि जित्ने होइन जितेपछि किन्ने” नारा सहित नयाँ वर्षको योजना सुुरु गरेको हो ।

बजाजले ग्राहकहरुका लागि विभिन्न नयाँ अफर र योजनाहरु ल्याउदै आइरहेको छ । यस पटकबजाजले ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा परम्परागत खरिद गर्ने प्रवृति भन्दा केही भिन्न प्रकारको अफर ल्याएको छ । पहिले, ग्राहकहरुले केही सामान खरिद पश्चिात मात्र नगद वा छुट पाउने गरेका थिए ।

तर, यस योजनाअन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नु भन्दा अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिनेछ, जसमार्फत उनीहरुले सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् साथै उनीहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चिात फेरी छुट पाउने छन् ।

उल्टो अफर योजना अन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नु अगाडि नै एडभान्समै १ लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन् । ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरी यो योजनाको लाभ लिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here