नेपालकै पहिलो कमेडी च्याम्पियन बने हिमेश पन्त

0
459

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्त ले जितेका छन्।

 

उनले सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै उनी पहिलो कमेडी च्याम्पियन बन्न सफल भएका हुन् ।

उनले सर्वाधिक भोट ल्याएर ‘कमेडी च्याम्पियनको विजेता बनेका हुन् । उनले २५ लाख नगद र कार प्राप्त गरेका छन् । कमेडी च्याम्पियनको फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्तको प्रतिस्पर्धा रहेको थियो ।

आजको ‘कमेडी च्याम्पियनको फिनाले कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र दिनेश डिसी पनि सहभागी भएका थिए । विशाल भण्डारीले निर्देशन गरेका यस शो नेपालकै पहिलो कमेडी शो हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here