‘नेपाल लोक स्टार’को पहिलो सिजनको टप १२ मा पुगे प्रदेश नम्बर:१का दीपेन्द्र राई

0
31

इटहरी।नेपालमा विभिन्न चर्चित अन्तरास्ट्रिय गायन रियालिटी शोहरुको फ्रेंचाइस भित्र्याई रहेको बेला एउटा आफ्नै संस्कृति बोकेको गायन रियालिटी शो प्रशारणमा ल्याइएको छ । नेपाल लोक स्टार नाम दिइएको यस कार्यक्रम देशभरका लोक गितमा दखल राख्नेहरुको लागि सुवर्ण अवसर भएकोछ ।

हिमाल पहाड तराई मेची देखि महाकालीका विभिन्न भेगमा गाइने मौलिक लोक भाकाको संरक्षण पनि हुने र आफ्नो पहिचानको पनि निरन्तरता हुने हुनाले यो गायन रियालिटी शोलाई छुट्टै महत्वका साथ् हेरिएको छ । समय संगै विदेशी नक्कलले आफ्नो मौलिकता हराउदै गएको बेला यस प्रकारको कम्पिटिसनहरु आयोजना हुनाले भाबि सन्ततिलाई पनि आफ्नो मौलिक लोक संस्कृति बारे जानकारी हुने अपेक्षा गरिएको छ ।

नेपालकै सबैभन्दा ठूलो मौलिक रियालिटी शो भनिएका ‘नेपाल लोक स्टार’को पहिलो सिजनको उत्कृष्ट १२ मा प्रदेश नम्बर :१ स्थित भोजपुर जिल्लाका दीपेन्द्र राई पुग्न सफल भएका छन् । नेपालकै सर्वाधिक पुरस्कार राशिको यस रियालिटी शोको विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् ।

भोजपुरको आमचोक गाउँपालिका-१०, निवासी ३५ वर्षीय दीपेन्द्र राईले इटहरीमा भएको प्रदेश नम्बर १ को अडिसनमा पूर्वेली पहिरनमा “ धरान धनकुटा भेडेटार ” बोलको गीत गाएर छनोट भएका थिए । काठमाडौंमा भएको मेगा अडिसनमा दौरा सुरुवाल तथा ढाका टोपीमा सज्जिएका राईले “ रिङ्के बुङको रागालाई चुङ्के बुङ्को चुलेशिले ” बोलको पूर्वेली गीत गाएका थिए ।

बच्चैदेखि संगीतमा रुचि राख्ने राईले गाउँकै विद्यालयबाट एसएलसीसम्मको पढाइ पुरा गरेका हुन् । हाल उनी सुनसरी जिल्ला इटहरीको भोजपुरे टोलमा बसो बास गर्दै पूर्वाञ्चल संगीत विद्यालयमा प्रशिक्षक लिएका थिए भने अहिले अल्फा म्युजिक स्कूलमा गणेश रिजालको शास्त्रीय संगीतका विद्यार्थी हुन् भने संगीत छेत्रमा सुरुका दिन देखि अहिले सम्म रुद्र श्रेष्ठको साथमा रही गीत संगीतको काम गदै आएका छन् दिपेन्द्र राई ।

नेपाल लोक स्टार हरेक विहीबार तथा शुक्रबार राति ८:३० बजे एपी वान टेलिभिजन तथा नेपाल लोक स्टार यूट्यूब च्यानलमार्फत प्रशारण हुने गर्दछ ।नेपाल लोक स्टारको आजको ताजा एपिसोड हेर्नुहोस । हेर्नुहोस पुरा भिडियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here