नेप्सेमा आर्कषक सेयर , बजार बढेर १४.२८ अंकले बढ्यो

काठमाडौँ । नेप्से सूचक सोमबार १४.२८ अंकले बढेर ११४२.९३ विन्दुमा आइपुगेको छ । समग्रमा बजार १।२६५ ले बढेको छ । १७१ कम्पनीको ४० करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । १३ लाख ४७ हजार ४८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

११ वटा समूहको सेयर कारोबार भएकामा अन्य बाहेक बाँकी सबै समूहका सूचक माथि लागेका छन् । निर्जीवन बिमा समूह सबैभन्दा धेरै ७९.७२ अंकले बढेको छ । बैंकिङ समूहमा पनि १७.१८ अंकको तेजी आएको छ ।


कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता लिएको छ । नेपाल लाइफको २ करोड ८९ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया र प्रभु बैंक परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here