नेप्से सुचक ४ अंकले बढ्दा कारोबार रकममा लियो नेको इन्सुरेन्सले अग्रता

काठमाडौँ । नेप्से सकारात्मक गतिमा अगाडी बढेको छ । वर्षको दोस्रो दिन अर्थात सोमबार नेप्से सूचक ४.७० अंकले बढेर ११८८.७१ विन्दुमा पुगेको छ । समग्रमा बजार ०.४० प्रतिशतले माथि लाग्दा कुल १६५ कम्पनीको ३० करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ९ लाख ६४ हजार ५९८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कुल १० वटा समूहको सेयर कारोबार भएकामा सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह माथि लागेको छ । यस समूहको सूचक ४२.४४ अंकले बढेको हो । यसैगरी, वाणिज्य बैंक समूहको सूचकमा पनि ५.८९ अंकको आएको छ ।

कारोबार रकममा नेको इन्सुरेन्सले अग्रता लिएको छ । नेकोको २ करोड ७५ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here