नेविसंघद्धारा झापाको दमकमा प्रदर्शन

0
18

दमक ,फागुन १९ / नेविसंघले हिजो आईतबार
झापाको दमकमा प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघको केन्द्रिय सर्कुलर अनुसार
विद्यार्थीहरुले भ्रष्टाचार, मृुल्यबृद्धि र पुस्तकमाथि
लगाइएको अव्यवहारिक करका विरुद्ध प्रदर्शन गरेका हुन् ।

दमक बहुमुखी क्याम्पस र आसपासका क्याम्पसमा
अध्ययनरत विद्यार्थी तथा नेविसंघका कार्यकर्ता,
समर्थकहरुले क्याम्पस मोडमा सांकेतिक विरोध प्रदर्शन
जनाएका हुन् । उनिहरुले पुस्तकमाथि लगाइएको
अव्यवहारिक कर खारेज गर्नुपर्ने , भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने लगायतका माग राख्दै सरकारलाई
खबरदारी गरेका हुन् ।

दमक बहुमुखी क्याम्पसबाट शुरु भएको प्रदर्शन क्याम्पसमोडमा पुगेर कोणसभामा परिणत भएको नेविसंघ झापाका कोषाध्यक्ष नवराज ढकालले जानकारी दए ।

कोणसभामा बोल्दै केन्द्रिय उपाध्यक्ष तुलसा पन्तले सरकारले चालेका कदम एकपछि अर्को गर्दै गलत सावित हुँदै गएको र भ्रष्टाचारमा संलग्नमाथि कारवाही गर्नुको सट्टा अनुसन्धाननै प्रभावित बनाएको आरोप लगाईन ।

उनले भ्रष्टाचारीलाई प्रधानमन्त्रीको संरक्षण रहेको बताइन् । नेविसंघले आईतबार देशभरका क्याम्पसहरुमा प्रदर्शन गरेको केन्द्रिय अध्यक्ष राजिव ढुंगानाले बताए । कमल खबर बाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here