नेशनल फेस्टिवल म्युजिक अवार्ड हुदैँ

0
5

काठमाडौँ । ‘अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन, कला, गला, संस्कृती संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल नारा सहित ‘नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६’ को आबेदन फर्म सार्वजनिक भएको छ ।

यस अवार्डमा बिभिन्न बिधा गरी जम्मा २० वटा शिर्षक तोकिएको छ । सामना म्युजिक क्रियशन प्रा.लि. द्धारा आयोजित यस “नेशनल फेस्टिबल म्युजिक अवार्ड – २०७६” मा आबेदन फर्म शुल्क रु १ हजार निर्धारण गरिएको छ । यस अवार्डमा दशै, तिहार र प्रदेशी गीत मात्र समाबेश गरिने छ ।

गायक गायिकाको हकमा भिडियो बजारमा नआएता पनि अडियोको हकमा सहभागी हुन सकिने कुरा आयोजक पक्षले जनाएको छ । यही भदौ २४ गते सम्मका लागी यस अवार्डको आबेदन फर्म खुल्ला गरिएको छ । अन्य अवार्ड भन्दा पृथक तरिकाले आयोजना हुन लागेको यस अवार्ड सफल बनाईदिन सहयोगी दाता र कलाकारहरुसंग आयोजक पक्षले अनुरोध समेत गरेको छ ।

अवार्डको आबेदन फर्म भर्नका लागी सामना म्युजिक क्रियशन प्रा.लि.को कार्यालय, अनामनगर, काठमाडौं ९९८६८१५५५०६, ९८४७६५८९६०० मा सम्पर्क गर्न समेत आयोजक संस्थाले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here