चैत्र १७ । झापा बिर्तामोड स्थित सामाजिक ग्रुप नेपाली हर्ट पछिल्लो समय सबै माझ एकदमै लोकप्रिय बन्दै गएको छ । झापाको बिर्तामोडमा मात्र नभएर अर्जुनधारा, बुद्धशान्ति , मेचीनगर लगायत झापाका विभिन्न स्थान र इलाममा पनि लोकप्रिय बन्दै गएको हो । बिगत ३ बर्षअघि स्थापना भएको यस सामाजिक ग्रुपले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।
सामाजिक ग्रुपले गरिरहेका विभिन्न सामाजिक गतिविधिहरुले पुर्याएको गोगदानका कारण सदस्य बन्ने अभियान पनि ठाँउ ठाँउमा चलिरहेको छ । संस्थाले सञ्चालन गरिरहेका विभिन्न क्रियाकलावले आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । सामाजिक उत्तरदायि बनाउँदै सबैलाई सेवा गर्न उत्प्रेरित गरेको यस ग्रुपले मनिस बचाउ अभियानमा नगद् ८० हजार रुपैँया, बुद्धशान्तिका आशीष चौधरी बचाउ अभियानमा नगद् १३ हजार, इलामका दोर्जे तामाङ्ग घर निर्माणका लागि नगद् ६ हजार रुपैँया सहित श्रम दान, अर्जुनधाराका सार्कीबाको उपचार तथा घर निर्माणका लागि श्रमदान, अर्जुनधारामा रहेको लक्ष्मी प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण लगायतका सहयोग प्रदान गरेको छ ।
यसैबिच सोहि ग्रुपले गत शनिबार बिर्तामोडमा एक भेला आयोजना गरि गतिविदिहरु प्रस्तुत गर्नुको साथै नयाँ १६ जना सदस्यलाई स्वागत तथा सम्मान गरेको छ । आज आयोजित भेलामा संस्थापक सदस्य बाबु मुर्मुले सामजिक सेवाको साथमा सदस्यलाई स्वरोजगार बनाउने बताउदै संस्थाका औचित्य माथी प्रकाश पार्नुभएको थियो भने संस्थापक सदस्य सुजन लिम्बुले संस्थाको गतिविधिहरु र भावि योजनाहरु प्रस्तूत गर्नुभएको थियो ।
उहाका अनुसार ग्रुपको भावि योजना अनुसार अब चाडै नै कनकाई नगरपालिका अन्र्तगत चम्पापूरका पान्डेय मुर्मुको घर निर्माण गरिने बताउनुभयो । उता कार्यक्रमका प्रमूख अतिथि युवा समाजसेवी गौरीमान राईले संस्थाका भाईबहिनीहरुको अभियानका क्रियाकलाव प्रसंशनिय रहेको भन्दै समाजमा व्याप्त विकृति विसङ्गती बिरुद्ध उभिन आग्रह गर्नुभयो । प्रमुख अतिथि राईले संस्थाको उदेश्य समाजसेवा साथसाथै युवाहरुको शक्तिनै समाज परिवर्तनको कोषेढुङ्गा हुने बताउनुभयो । सदस्य टिका लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुरज प्रधानले गर्नुभएको थियो ।