पथरीमा कन्सर्ट हेर्न गएकी महिलाको बलात्कार पछि हत्या

0
144

हरे भगवान कति कारुणिक घटना :
आखिर कस्को मन रुदैन होला
पापि लाई मृत्युदण्ड होस् ।
————————————

पथरीमा कन्सर्ट हेर्न गएकी महिलाको बलात्कार पछि हत्या-:

मोरङको पथरीशनिश्चरे १ की २९ बर्षिया रिना बस्नेत नग्न अबस्थामा शनिबार बिहान मृत फेला परेकी छिन ।
शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट हेर्न कोठाबाट निस्किएकी उनी शनिबार बिहान नग्न अबस्थामा घोप्टो परेको मर्निङ वाक गर्ने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन । उनी १४ बर्षिया छोराको साथमा पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिईन ।


पसल अगाडी घोप्टो परेको अबस्थामा नाङगै उनी लडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शव नजिकै रगत समेत बगेको देखिएको छ । उनको बलात्कार पछि हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाको अनुसन्धान भईरहेको र सो स्थानमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here