पदमको “के तिम्रो मेरो सफर सार्वजनिक

0
25

इटहरी । नेपाली गीत संगीत बाटै आफ्नो भविष्य खोज्दै गायनमा आउने कलाकार हरु दिन प्रतिदिन बढी रहेको छन् । यसै क्रममा छोटो समयमै पूर्वाञ्चल सिङगिङ्ग स्टार बाट गायन सुरुवात गरेका गायक पदम मगरको स्वरमा रहेको मर्म स्पर्शी गीत ” के तिम्रो मेरो सफर ‘बोलको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको छ।

पूर्वको मुटु इटहरी सुनसरीमा जन्मे हुर्केका मगर सानैदेखि गीत/संगीतमा रुची राख्ने पढाईको लागि निकै अवल थिए। हालै बागीना कला केन्द्र धरान द्वारा आयोजित पुर्वान्चल सिंगिङ स्टार ६ औं संस्करणका बिजेता पनि भै सकेका छन् ।अहिले गायक पदम मगर केशव कार्कीको पूर्वाञ्चल संगीत विद्यालय इटहरीमा संगीत प्रशिक्षण लेइरहेका छन् । सुमधुर आवाजको धनि गायक पदम मगर सांगीतिक आकासमा छुट्टै पहिचान बनाउने उदेश्यले सांगीतिक क्षेत्रमा आएका बताउँछन् ।

पूर्वाञ्चल सिंगिङ स्टार ६ औं संस्करणमा बिजेता घोषित भए लगत्तै बागीना कला केन्द्रको द्वारा सञ्चालित पूर्वाञ्चल सिँगिङ स्टार ६ औं संस्करण मार्फत गायक पदम मगरलाई प्रदान गरिएको गीत सम्पूर्ण श्रोता दर्शक माझ सुम्पिएका छन् । उक्त गीत बागीना कला केन्द्र धरानले पूर्वाञ्चल सिङिङ स्टार मगरलाई सम्मान स्वरूप प्रदान गरिएको हो ।

भर्खरै मात्र गायक मगरले पहिलो सांगीतिक कोसेली “के तिम्रो मेरो सफर” साथीभाई लगाएत स्रोतहरु माझ लिएर आएका छन्। पहिलो सांगीतिक कोसेली भएकै कारण मगरले निकै कडा मेहनत गरेका छन् । संगीत प्रतिको लगावले कत्तिको दर्शक स्रोताको माया बटुल सफल होलान् नतिजा आउनै बाकि रहेको मगर बताउँछन् ।

मनोज बन्धनको उत्कृष्ट शब्द रचना रहेको गीतमा संगीतकार रुद्र श्रेष्ठले सुमधुर संगीत भरेका हुन भने कुन्दन राईले एरेन्ज गरेका हुन् । गीतको म्युजिक भिडियो सागर खवासले सम्पादन गरेका हुन् भने गीतलाई पूर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियोले बजार ब्यबस्था गरेको छ। हेर्नुहोस भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here