पाउरोटी र पानी खाएर महामारीमा खटिदै गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरी ( सम्मान स्वरूप एक सेयर )

काठमाडौं – चीनको हुबेइ प्रान्तबाट शुरु भएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनेको छ ।कोरोनाभाभाइरसको संक्रमणबाट हालसम्म २१००० हजार बढीको मृत्यु भइसकेको छ । हालसम्म १९८ देशमा फैलिएको कोरोनाभाइरसलाई विश्वव्यापी महामारी’को सङ्ज्ञा दिइएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि विश्वका सबै देशका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिरहेको छ । कोरोनाका कारण इटाली र स्पेनमा भयावह स्थिति बनेको छ । यस्तै नेपालमा पनि कोरोनाका ३ बिरामी भेटिएपछि उच्च सतर्कता अपनाइएको छ । कोरोनाको रोकथामको लागि नेपाल सरकारले मंगलबारदेखि नै देशभर लकडाउन गरेको छ । लकडाउनको तेस्रो दिन पनि देशभर सुनसान बनेको छ ।

लकडाउनको समयमा सबैलाई घर काहिर ननिस्कन भनिएको छ । तर केहि मानिसहरुले लकडाउनका अवज्ञा पनि गरिरहेका छन् । लकडाउनको अवज्ञा गर्नेलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । यस्तै नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाल सेनाले चाउचाउ र पाउरोटी खाएर भए पनि कोरोनाभाइरसबाट सबै नागरिकलाई सचेतना जगाइरहेको छ । सबैलाई घरबाट बाहिर ननिस्कन आग्रह पनि गरेको छ ।

नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाल सेना भोकभोकै भएपनि जनताको सेवामा लागिरहेको छ । यसैक्रममा हालै एक तस्वीर सामाजिक सञ्जालमा शेयर गरिएको छ । तस्वीरमापाल प्रहरी र सशस्त्र प्रहरी ले ड्युटीमा नै उभिएर खाजा खाँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here