पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

0
10

काठमाडौ / नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको आज राति निधन भएको छ । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको आज राति ९ः३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी गराउनुभयो ।

नेताअधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उहाँको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उहाँले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफँै बनाऔँजस्ता लोकप्रिय कार्यक्रम ल्याउनुभएको थियो । चारपटक सांसद बन्नुभएका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हाल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here