पूर्वा‌ञ्चलकै पहिलो अनलाईन सपिङ्ग अब दमकमा ।

0
154

के तपाईं लाई थाहा छ दमकमा पनि अनलाईन सपिङ्ग सेवा सुचारु भएको छ नि । आहा ! होर ! के के छ त सुबिधा याे सपिङ्गमा ?

दमक , २१औ सताब्दी मा आएर सायद धेरै लाई थाहा हुन नसक्ला कि मोबाइल मार्फत पनि सपिङ्ग गर्न सकिन्छ भनेर यस्तै यस्तै प्रतिस्पर्दा युग मा पनि दमका चार जना युवा संन्चालक मिलेर अनलाईन सपिङ्ग सुरु गरेका छन । आफ्नै देशमा पनि अन्तर्राष्ट्रिय स्तर को ब्यापार गर्न सकिन्छ भन्ने उदेश्य का साथ उनीहरूले विभिन्न ब्रान्ड का मोबाइल ,पेय पदर्थ ,कपडा तथा खाद्यान्न सामानहरु लाई अनलाईन मार्फत राखेर घर सम्म पुर्‍याउने वातावरण सहित यस स्मार्ट दमक अनलाईन सपिङ्ग को सुरुवात गरिएको बताएका छन ।

संन्चालकहरु ले अबका दिनमा अन्तर्राष्ट्रिय स्तरको अनलाईन सपिङ्ग भित्र्याउनुको मुख्य कारण आजको भाग दौड जिन्दगीमा मान्छेले पैसा र स्वास्थ को लागि दौड गरिरहेका हुन्छन् र कसैलाई बजारमा मनपरेको सामन खरिद गर्ने समय नभएकोले ती व्यक्तिहरु को लागि यो अनलाईन सपिङ्ग अत्यन्त महत्त्वपूर्ण हुन सक्छ । यस अनलाईन सपिङ्ग का फिचर हेर्ने हो भने आफुले चाहेको सामान फोटो हेरेर त्यहि रहेको मुल्य लाई बिचार गरि खरिद गर्न सक्छन । त्यस पछि कम्पनी ले त्यो सामान लाई घरैमा डेलिभरी समेत गरिदिने यस कम्पनी का प्रमुख संन्चालक बिक्रम गौतम ज्युले बताउनु भएको छ । उहाँको भनाई अनुसार अबका दिनमा कोहीले पनि धुवा धुलो मा हिड्न नपर्ने एक किल्लिक मा घरैमा सामान आइपुग्ने बताउनु भएको छ ।

स्मार्ट दमकले भर्खरै देखि अझै ग्राहकको समस्या लाई ध्यानमा राखि फास्ट फुड अर्थात खाजा नास्ता को समेत अनलाईन मै अर्डर गरि घर ,अफिस मै पुराईदिने सुविधा थप गरिएको यस कम्पनीका अर्का संन्चालक आशिष थापा ज्युले बताउनु भएको छ । उहाँ सङ्गको थप कुराकानी गर्दा अबका दिनमा यदि कसैको ब्यापार ,पसल ,डिलर छ भने उहाँहरुले पनि यस अनलाईन सपिङ्ग मार्फत आफुसङ्ग भएको सामान बेच्न पाउने प्रबन्ध मिलाईएको बताउनु भएको छ र उहाँ संन्चालक भएता पनि उहाँले भने आफुले गरिरहेको मदिराको पेय पदार्थकाे व्यापारलाई यस अनलाईन मार्फत बिक्री गरि आफ्नो व्यवसाय लाई अझ स्मार्ट बनाई रहनु भएकाे बताईएकाे छ ।

यस अनलाईनमा सामान कसरी खरिद गर्ने ?

यदि तपाईसङ्ग कुनै पनि कम्पनीको एन्ड्रोइड फोन छ भने (प्ले स्टोरमा) गई (स्मार्ट दमक नाम गरेको एप्लिकेसन) आफ्नो मोबाईलमा डाउनलोड गरि कुनै पनि आफुले रोजेको सामान खरिद गर्न सक्नुहुने छ । यदि तपाईं कम्प्युटर ,ल्यापटप चलाउनु हुन्छ भने ( www.smartdamak.com ) लिङ्क मा गई सामान खरिद गर्न सक्नु हुने छ । यदि तपाईं सङ्ग आइफोन छ भने अहिलेलाई यसै लिङ्क मा गई खरिद गर्न सक्नु हुनेछ । तर भबिस्यका दिनमा आइफोन का लागि पनि एप्लिकेसन निर्माण गर्ने यस कम्पनी मा संन्चालक ज्युहरुले वताउनु भएको छ ।

कम्पनीको भनाई अनुसार तपाईले कुनै पनि व्यवसाय गर्नु हुन्छ भने तपाई पनि यस कम्पनीमा आबद्ध भई आफ्नो सामान नेपाल भरि बिक्रीवितरण गर्न सक्नु हुनेछ । त्यसको लागि यँहा दिएको नम्बरमा आजै सम्पर्क गर्न सक्नु हुनेछ । ( 9810471900 / (बिक्रम गौतम), 9842644800 (अाशिस थापा) तर यो सुबिधा दमक आसपासमा रहेको पसल तथा व्यवसायहरु को लागि मात्र रहेको बताइएको छ ।

यस कम्पनीका संन्चालक प्रमुख बिक्रम गौतम त्यसतै गरि आशिष थापा , निरज दङ्गाल , समराज राई रहेका छन् । उनीहरूको भनाई अनुसार ग्राहकहरुको प्रतिक्रिया आए अनुसार सुविधाहरु थप गरि लैजाने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here